भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुको समस्या समाधानको लागि छलफल तथा भेला कार्यक्रमहरु जिल्लाहरुमा भईर
राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, भूमि अधिकारबाट बञ्चितहरुको सुरक्षित आवास र जिविकोपार्जनका सवालमा वकालत गर्द
कर्मचारी आवश्यकता सम्बन्धी सूचनाराष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल भूमि अधिकारबाट वञ्चितहरुको राष्ट्रिय सङ्गठ
राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल भूमि अधिकारबाट बञ्चित किसानहरुको राष्ट्रिय संगठन हो । देशभर छरिएर बसेका साना किसान, मोही, सुकुम्बासी, कृषि श्रमिक लगायतका भूमि अधिकारबाट बञ्चित गरिब किसानहरु संगठित हुने क्रममा मञ्चको पहिलो सम्मेलन ४–६ पौष, २०६१ मा सम्पन्न भएसँगै सोही वर्ष यस राष्ट्रिय भूमि अधिकार मञ्चको गठन भएको हो । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय निर्देशक ऐन २०१८ बमोजिम दर्ता भएको राष्ट्रिय भूमि अधिकार मञ्चले भूमि अधिकारबाट बञ्चित गरिब किसानहरुको सुरक्षित जीविका र भूमि सम्बन्धी कानुनको निर्माण र प्रभावकारी कार्यान्वयनका क्षेत्रमा संगठित तवरले आफ्नो अभियान अघि बढाइरहेको छ ।राष्ट्रिय भूमि अधिकार मञ्चको ३ तहको सांगठनिक स्वरुप रहदै आएको छ । यसको राष्ट्रिय सचिवालय काठमाण्डौंमा र भूमि अध्ययन स्रोत केन्द« चितवनमा अवस्थित छ । उ पुरा पढ्नुहोस्