आधारभूत कानुनी प्रशिक्षण सम्पन्न


आधारभूत कानुनी प्रशिक्षण सम्पन्न

राष्ट्रिय भूमि अधिकार मञ्चको आयोजनामा यहि मिती २०७२ असोज २०–२४ सम्म भूमि अध्ययन घर ठिमुरामा राष्ट्रिय मञ्चका ३३ पदाधिकारीलाई भूमि र भूमि स्रोतमा आधारित आधारभूत कानुनी प्रशिक्षण प्रदान गर्ने कार्य सम्पन्न भएको छ । प्रशिक्षणमा अधिवक्ता श्याम विश्वकमा ज्यूले हालै जारी भएको संविधान लगायत कमैया निषेध ऐन, गुठी सम्बन्धी ऐन, मालपोत ऐन, भूमि ऐन आदिमा छलफल तथा पदाधिकारीमा ज्ञान निर्माण गर्ने काम गर्नुभएको थियो । प्रशिक्षणमा अधिवक्ता रीता मैनाली ज्युले महिलाको सम्पत्ति तथा भूमि माथिको अधिकारका विषयमा र सामुदायिक आत्मनिर्भर सेवा केन्द«का कार्यकारी निर्देशक जगत देउजा ज्युले मञ्चका आगामी अवसर, चुनौती र सुधार गर्नुपर्ने पक्षहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।