सम्बाद शृंखला सम्पन्न


सम्बाद शृंखला सम्पन्न

यहि कार्तिक २४ गते भूमि सुधार तथा व्यबस्था मन्त्रालयको हलमा माननीय सचिव श्री लोकदर्शन रेग्मी, मन्त्रालय तथा मालपोत कार्यालयका कर्मचारीहरु, भूमि तथा कृषि विज्ञ र अधिकारकर्मीहरु लगायत राष्ट्रिय भूमि अधिकार मञ्चका पदाधिकारीको उपस्थितीका बीच भूमि तथा कृषि अधिकारको लागि संवाद श्रृखला सम्पन्न भएको छ । यस संवाद श्रृखलालाई भावी दिनमा निरन्तर अघि बढाएर भूमि तथा कृषि अधिकारले समेटेको विभिन्न सवालहरुलाई सरोकारवाला समक्ष छलफलमा ल्याउने र सवालको ठोस निचोडमा पुग्न सबैको ऐक्यबद्धता प्राप्त गर्ने मञ्चको उद्धेश्य रहेको छ ।