प्रथम केन्द्रिय बैठक सम्पन्न


यस राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको कञ्चनपुर भीमदत्तनगरमा आयोजित चौथौ राष्ट्रिय सम्मेलनबाट चुनिनु भएका केन्द«ीय पदाधिकारीहरुको प्रथम वैठक यहि मिति २०७१ साल चैत्र २३ गते चितवनको ठिमुरामा अवस्थित भूमि अध्ययन केन्द«मा सौहाद«पूर्ण वातावरणमा सफलताका साथ सम्पन्न भएको छ । अध्यक्ष ल्यामबहादुर दर्जीज्यूको अध्यक्ष्यतामा सम्पन्न भएकोे सो वैठकमा ३० सदस्य र ५ आमन्त्रित गरी जम्मा ३५ जना ( महिला , दलित जनजाति)को सहभागिता रहेको थियो । बैठकले केन्द«ीय सदस्यहरुको व्यक्तिगत र पारिवारिक संगठनको अभिलेखन, पदाधिकारी मनोनयन, आर्थिक तथा मानवीय स्रोत व्यबस्थापन, लेखापरिक्षक नियुक्ति, सम्मेलन पछिको प्रगति अबस्था, केन्द«ीय समितीका सदस्यहरुको जिम्मेवारी बाँडफाड लगायतका विभिन्न १३ बुदा एजेन्डा माथि छलफल गरी सर्वसम्मतीबाट उक्त निर्णयहरु पारित गर्नुका साथै सोको कार्यान्वयनमा जुझारु भएर लाग्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।बैठकमा सामुदायिक आत्मनिर्भर सेवा केन्द«का कार्यकारी निर्देशक जगत देउजाज्यूबाट नेतृत्व तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षणसँगै वैठकलाई सहजीकरण गर्ने कार्य भएको थियो । नेतृत्व पक्षले सधै आत्मविश्वासी, जिज्ञासु र अध्ययनशील भएर अगाडी बढ्नुपर्ने लगायतका प्रेरणादायी कुराहरुबाट मञ्चका सदस्यहरुमा उत्साह र अठोटको वातावरण सिर्जना भएको महशुश गरिएको थियो । यसका साथै मञ्चका सदस्यहरुबीच परिचयात्मक रुपमा पारिवारिक पृष्ठभूमि लगायत भूमि अधिकार अभियानसँग जोडिनु अगाडिको आफ्ना भोगाइहरुको समेत बाँडफाँड हुने काम भएको छ । जसले सदस्यहरुबीच सबैको कथा,व्यथा र भोगाइहरु समान भएको झलक दिदै अझ घनिष्ट सम्बन्ध स्थापित गराएको छ भने मञ्चप्रतिको अपनत्वको भावलाई बढाएर आगामी दिनहरुमा मञ्चले तय गरेको कार्यदिशालाई सामूहिक प्रयास स्वरुप हासिल गर्ने एकता र प्रतिबद्धता कायम भएको छ ।