राहत संकलन तथा वितरण


२०७२ वैशाख १२ गते गएको भूकम्प, वैशाख १३ र २९ गतेको शक्तिशाली पराकम्पनले नेपालका धेरै जिल्लाहरुमा भौतिक, आर्थिक तथा मानवीय क्षति पु¥याएको छ । सरकारले १४ वटा जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेको छ । त्यसमा भूमि अधिकार आन्दोलनले समेटेको सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, ललितपुर, रामेछाप, ओखलढुङ्गा, खोटाङ, सिन्धुली जिल्लाहरुमा यस राष्ट्रिय भूमि अधिकार मञ्चले साझेदार संस्था आत्मनिर्भर केन्द«सँगको सहकार्यमा राहत संकलन तथा वितरण पुर्नस्थापना कार्य संचालन गरेको छ । उक्त कार्य अन्र्तगत सर्वप्रथम संगठन रहेको जिल्लाहरुमा के कति आर्थिक, भौतिक र मानवीय क्षति पुग्यो भनी सोको तथ्याङ्क संकलन लिने र क्षति नपुगेको जिल्लाहरुमा आर्थिक तथा आवश्यक सामाग्री सहयोग गर्नको लागि सर्कुलर पठाउने कार्य सम्पन्न भएको छ । जसमा पाल्पा, दाङ्ग, सर्लाही, बाँके, महोत्तरी, पर्वत, सुनसरी, नवलपरासी, कैलाली सप्तरी र झापा जिल्लाबाट एकमुष्ट रु १ लाख ४२ हजार २सय ७४ रुपैया राहत रकम र १६.१० क्वीन्टल चामल, ५० केजी गँहु, ४० केजी मकै र ९० के जी तरकारी संकलन भएको थियो । राहत संकलन पछि राहत वितरण स्वरुप भूकम्पमा परी ज्यान गुमाउनु भएको जिल्ला भूमि अधिकार मञ्चको अगुवा मैयाँ श्रेष्ठको परिवारलाई नगद रु १ लाख वितरण गरिएको छ । त्यसै गरी ललितपुरमा चामल ७०० केजी र नुवाकोटमा चामल ९१० केजी गँहु ५० केजी, मकै ४० केजी र तरकारी ९० के जी राहत सामाग्री स्वरुप वितरण गरिएको छ ।