५औं राष्टिय सम्मेलनको तयारी बैठक


५औं राष्टिय सम्मेलनको तयारी बैठक

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाचौं राष्ट्रिय सम्मेलन, २०७५ फागुन २७, २८ र २९ गते पोखरा सभागृह कास्कीमा हुने भएको छ । २०७५ पुष ६ र ७ गते भएको एघारौं राष्ट्रिय समिति बैठकले देशभरका ५ सय पर्यवेक्षक, प्रतिनीधि सम्मेलनमा सहभागि हुनेछन । उद्घाटन सत्रमा राजनीतिक दलका शिर्ष नेता, प्रदेश सरकारका मुख्य मन्त्री, संघिय र प्रदेश सरकारका मन्त्रीहरुलाई आमन्त्रण गरिने योजना छ । नेपालको भूमि अधिकार आन्दोलनमा सहयोग पुर्याउँदै आएका स्वदेश तथा बिदेशी अभियन्ताहरुको पनि सम्मेलनमा सहभागिता रहनेछ । गण्डकी प्रदेशका राजनीतिक दल र कास्की जिल्लाको स्थानीय जनप्रतिनीधिहरुलाई तथा दलका प्रतिनीधिहरुलाई पनि सम्मेलनमा आमन्त्रण गर्ने तयारी भएको छ ।