कर्मचारी आवश्यकता सम्बन्धी सूचना


कर्मचारी आवश्यकता सम्बन्धी सूचना

कर्मचारी आवश्यकता सम्बन्धी सूचनाराष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल भूमि अधिकारबाट वञ्चितहरुको राष्ट्रिय सङ्गठन हो । भूमिमा आफै श्रम गर्ने तर भूमिको अधिकार नभएका सुकुम्वासी, भूमिहीन, जोताहा, कृषिश्रमिक र साना किसानहरु आवद्ध रहेको यो सङ्गठन २०६५ फागुन २६ गते राष्ट्रिय निर्देशन ऐन २०१८ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएकोछ । यस सङ्गठनले केएर नेपालसँगको सहकार्यमा सामथ्र्य परियोजना अन्तर्गत सञ्चालन गरिहेको सामुदायिक भूमि ब्यवस्थापन अभ्यास सहजीकरणका लागि निम्न अनुसार कर्मचारी आवश्यकता भएको हुँदा ईच्छुक र योग्य व्यक्तिहरुबाट दरखास्त अह्वान गरिन्छ ।पद : अनुगमन, मुल्याङ्कन तथा अभिलेखन संयोजक, १जनायोग्यता र अनुभव : समाजशास्त्र, मानवशास्त्र तथा सम्बन्धित बिषयमा स्नातक र सम्बन्धित क्षेत्रमा कम्तिमा ३ बर्षको अनुभव । कार्यक्षेत्र : ठिमुरा, चितवन बेस (सिरहा, उदयपुर, ओखलढुंगा फिल्ड)कार्यविवरण :क. नतिजामुखी योजना, अनुगमन तथा मूल्याङ्कनअनुगमन तथा मुल्याँकनको कार्ययोजना तथा फ्रेमवर्क तयार गरी पुर्णरुपले लागु गराउने । बेसलाईन अध्ययन, मध्यावधि मूल्याङ्कन र परियोजना सम्पन्न मूल्याङ्कनमा आवश्यक योग्दान पुरयाउने ।कार्यरत क्षेत्रको वेसलाईन र परिमाणात्मक उपलव्धीका सूचनाहरु व्यवस्थित ढंगले अभिलेख र उपयोग गर्ने । प्रगति मापकबाट कार्यक्रमको गुणात्मक सुचना संकलनतथा लेखाजेखा गरि सचिवालयमा बुझाउने ।नतिजा नकशाङ्कन विधिको प्रभावकारी कार्यान्वयन गर्ने तथा प्रगति मापकबाट कार्यक्रमको गुणात्मक सुचना संकलन तथा लेखाजोखा गरि साझेदार संस्थालाई बुझाउने । वार्षिक योजनामा उल्लेख भए बमोजिम गतिविधिहरु उचीत कार्यान्वयन यकिन गर्न नियमित रुपमा सहभागीमुलक तरिकाले अनुगमन गर्ने व्यवस्था मिलाउने ।जिम्मेवारी क्षेत्र अन्तर्गतका कामको सहभागीमूलक तरीकावाट समीक्षा र मनन् गरि संख्यात्मक तथा गुणात्मक उपलव्धी, सिकाई र चुनौतीहरुको अभिलेखन गर्ने ।संकलीत तथ्याङ्क तथा सूचना प्रशोधन, व्यवस्थापन र अद्यावधि गर्ने । आवश्यकता अनुसार कार्यक्रमको अनुगमनका लागि नियमित फिल्ड भ्रमण गर्ने ।वार्षिक योजनामा उल्लेख भएबमोजिम गतिविधिहरु उचित कार्यान्वयन यकिन गर्न नियमित रुपमा सहभागिमुलक तरिकाले अनुगमन गर्ने व्यवस्था मिलाउने । कार्यक्रम योजना तथा सञ्चालनका लागि गरिने सहभागितामूलक प्रणालीलाई सबै चरणमा सुदृढ गरि लक्षित समूह तथा अन्य सरोकारवाला समूहहरुको सक्रिय सहभागितालाई सुनिश्चित गर्ने ।ख. अभिलेखन तथा ज्ञान व्यवस्थापनप्रत्येक जिल्ला र समग्र कार्यक्षेत्रको डाटा व्यबस्थापन प्रणाली प्रभावकारी बनाउने ।मञ्चका सवै गतिविधिहरु र त्यसवाट प्राप्त उपलव्धि र सिकाईहरुको व्यवस्थित रुपमा अभिलेख राखी ज्ञान व्यवस्थापन गर्ने ।संस्थाले गरेका काम र त्यसको नतिजा झल्किने नतिजामुखी प्रतिवेदन तथा कभरेज फारम मासिक÷त्रैमासीक÷वार्षीक रुपमातयार गर्ने ।साझेदार संस्थासंग सम्पन्न गरेको संझौता र त्यसले माग गरे बमोजिमको प्रतिवेदन तयार गरि तोकिएको समयमा पेश गर्ने ।जिम्मेवारी क्षेत्रको त्रैमासिक र वार्षिक योजना र प्रतिवेदन साझेदारसँग लिई सोलाई अन्तिम सम्पादन तथा विश्लेषण गरी सुपरिवेक्षकलाई बुझाउने । साथै विभिन्न तालिम, गोष्ठी, फिल्ड भ्रमण आदिको गुणात्मक प्रतिवेदन तयार भएको सुनिश्चित गर्ने । कम्तिमा एउटा परिवर्तनको केश अनिवार्य संलग्न गर्ने तथा तयारी प्रतिवेदन सरोकारवाला निकाय, दातृनिकाय, पत्रकार, लाभान्वित वर्ग तथा सदस्यहरुमा आदान प्रदान गर्ने ।देश भरिको भूमि÷कृषि संग सग्लनता रहेका परिवारको तथ्यांक अद्यमवधिक गर्ने ।मञ्चको भिडीयो, फोटो, लेख, समाचार संकलन तथा उचीत व्यवस्थापन गर्ने । मञ्चको वेवसाइट अद्यावधिक गर्ने । मञ्चको सामाजिक सञ्जाल नियमित अपडेट गर्ने ।ग. क्षमता विकाशनियमीत रुपमा आवश्यकता अनूरुप अनुगमन, मुल्याङ्कन तथा अभिलेखन सम्बन्धि तालीम सञ्चालन गर्ने ।नियमित फिल्ड भ्रमणबाट जिल्ला तथा स्थानीय तहमा कार्यक्रमसँग सम्बन्धित समस्याहरुको पहिचान गरी सुधारका लागि सुझाव दिने । प्रगतीमापक अनुगमन औजारबारे गाउँ, जिल्ला तथा राष्ट्रिय मञ्चका सदस्यहरुलाइ अभिमुखीकरण गराई उचित अभ्यास सुनिश्चित गर्ने । घ. अन्यअभियानसँग सम्वन्धित तत् क्षेत्रका विभिन्न अधिकारग्राही समूहसँग सम्वन्ध विस्तार गर्ने ।समुदायमा बसी कुशल सङ्गठकको भूमिका निभाउने । अभियान संयोजकको परामर्शमा अन्य काम गर्ने । पदः बित्त तथा कोष अभिबृद्धि संयोजक, १जनायोग्यता र अनुभव : व्यवस्थापन वा वाणिज्य शास्त्रमा स्नातक र लेखा तथा प्रशासनमा काम गरेको कम्तीमा ३ बर्षको अनुभव । कार्यस्थान : ठिमुरा, चितवन वेस (सिरहा, उदयपुर, ओखलढुंगा फिल्ड)मुख्य जिम्मेवारी र कार्यक्षेत्रहरु :क. आर्थिक ब्यवस्थापन  :राष्ट्रिय भूमि अधिकार मञ्चको योजना अनुसार आर्थिक डकुमेन्ट तयार गरि कार्यालयमा ब्यस्थित गर्ने । अभियानको योजना अनुसार खर्च शिर्षक, बजेट कोड स्पष्ट राख्ने । सो अनुसार खर्च भुक्तानी र सपोर्ट डकुमेन्टहरु राख्ने ।जिल्ला मञ्चहरुसंग भएको सहमति अनुसारको बजेट सीट तयार गरि अनुमोदन गराउने । समयमै जिल्लामा पेश्की निकाशा गर्ने । कार्यक्रम अनुसार छुट्टाछुट्टै डकुमेन्ट तयार गरि आर्थिक नियमावली अनुसार पेश्की उपलब्ध गराउने । कार्यक्रम सम्पन्न हुनासाथ बिल भरपाई, प्रगती प्रतिबेदन र आवश्यक हुने डकुमेन्ट लिई समयमै फच्र्र्याैट गर्ने । आर्थिक प्रतिवेदन तयार गरी साझेदार एवं सरोकारवालारुलाई समयमा उपलब्ध गराउने ।साझेदारसँगको सम्झौता अध्ययन गरी शर्तहरुको पूर्ण पालनाको सुनिश्चितता गर्ने ।विद्यमान आयकर तथा अन्य करहरुको बारेमा ज्ञान राखी बित्तिय कारोवार दुरुष्त गने र जिल्लामा पनि यस अनुसार हिसाव राख्न सहयोग पुर्याउने ।वित्तीय अनुगमन तथा मूल्याङ्कन र जिल्लाहरुमा कार्यरत कर्मचारीहरु तथा सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने ।मञ्चले आयोजना गर्ने ठूला कार्यक्रमहरुमा आफै सहभागि भई हाजिरी, बिलभरपाई तथा सपोर्ट डकुमेन्टको सुनिश्चितता गर्ने ।आवश्यकता अनुसार बजेट रकमान्तर, जिल्ला मञ्चहरुको आन्तरिक परिक्षण गरि आर्थिक पारदर्शिता र मितब्ययिता कायम गर्ने । समयमै आर्थिक कारोबारको लेखापरिक्षण गराई लेखा ब्यवस्थितगर्ने । नेपाली तथा अंग्रेजी भाषामा प्रतिवेदन तयार र सरोकारवालाहरुसँग इमेल तथा अन्य आवश्यक सञ्चार गर्ने । ख. संस्थागत पद्दती बिकास :राष्ट्रिय भूमि अधिकार मञ्चका आर्थिक, प्रशासनिक तथा अन्य नियमावली ब्यवस्थित गर्ने । तिनीहरुको अध्ययन गरि कार्यान्वयनमा ल्याउने । मञ्चका कार्यरत कार्यकर्ताको बैक्तिक बिवरण, प्रमाण पत्र र नियुक्ति पत्रको छुट्टाछुट्टै फाईल तयार गर्ने । मञ्चको सामाजिक लेखा परिक्षणको नेतृत्व लिने । जिल्ला मञ्चहरुमा पनि राष्ट्रिय मञ्चले अवलम्बन गरेको नीति तथा पद्दती कार्यान्वयन गर्न लगाउने । जिल्ला मञ्चको आर्थिक कारोवारलाई र कार्यालयको कामलाई ब्यवस्थित गर्न त्रैमासिक रुपमा फिल्ड भ्रमण गरि सहयोग गर्ने । पृष्ठपोषण दिने ।केयर नेपाल र भूमि अधिकार मञ्चबीच भएको सहमति अनुसार आर्थिक तथा प्रशासनिक प्रक्रिया कार्यान्वयन गर्न पूर्ण जिम्मेवारी लिने । नेपाल सरकारले निर्धारण गरेका संस्था सञ्चालन तथा आर्थिक ब्यवस्थापनका नीतिको(लेखापरिक्षण, नवीकरण, कर चुक्ता, सामाजिक सुरक्षा कार्यक्रम..........) पालना गर्ने, गराउने । घ. खर्च ब्यवस्थापन तथा प्रतिबेदन :केएर नेपाल र राष्ट्रिय भूमि अधिकार मञ्चबीचको सम्झौता अनुसार आर्थिक ब्यवस्थापनको प्रक्रिया पुर्याई तोकिएको समय र गुणस्तरमा प्रतिबेदन पठाउने । सोही अनुसार जिल्ला मञ्चहरुबाट प्रतिबेदन लिने ।ङ. अन्य :राष्ट्रिय भूमि अधिकार मञ्चले तोकि दिएको र नेपाल सरकारको नियम बमोजिम अन्य काम गर्ने । कार्यसम्पादन मापक सूचकहरुःआर्थिक ब्यवस्थापन र लेखापरिक्षणको प्रतिबेदन ।कार्यालय ब्यवस्थापन ।संस्थागत पद्दतीमा भएको सुधार । जिल्ला मञ्चहरुको आर्थिक ब्यवस्थापन ।नेपाल सरकारका नीतिको कार्यान्वयन ।अधिकार क्षेत्र :राष्ट्रिय भूमिअधिकार मञ्चको आर्थिक प्रशासनिकनियमावली र आपसी सहमतिकाबिषयहरु । यस सूचना अनुसार २०७६ बैशाख ४ गतेसम्म मञ्चको ईमेल ठेगाना nlrfnepal@yahoo.com  मा पठाउनु पर्नेछ । आवेदन साथ बैक्तिक बिवरण, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि एवम् अनुभवका प्रमाणपत्रहरु सङ्लग्न गर्नुपर्नेछ । उल्लेखित पदहरुको विस्तृत कार्य विवरण nlrfnepal.org मा पनि हेर्न सकिनेछ