पुनर्निर्माणमा भू उपयोग सम्बन्धी सवाल सम्बाद - २


पुनर्निर्माणमा भू उपयोग सम्बन्धी सवाल सम्बाद - २

यहि मंसिर २४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा, मा. सासंद काशीनाथ अधिकारी, लगायत विभिन्न किसान सङ्गठन, नागरिक समाज, भूमि अभियानकर्मीहरुका विच राष्ट्रिय योजना आयोगको हलमा पूर्ननिर्माण सम्बन्धि सम्बाद् श्रङ्खलाको आयोजना गरियो जसमा ५ महिला १८ पुरुष गरि जम्मा १८ जनाको सहभागीता थियो । संवादमा पुर्ननिर्माणमा भू उपयोग ऐनको सवाल, एकिकृत बस्ती व्यबस्थापन, सुकुम्बासी, दलित, महिला, अपाङ्ग, बृद्ध, बृद्धाको सवाल लगायतका विषयमा सहभागीहरुबीच छलफल भएको थियो । छलफल पश्चात् डा. युवराज खतिवडाले पुर्ननिर्माणमा भू उपयोग नीतिको विषयलाई गम्भीरताका साथ लिएको बताउनु भयो ।