भूउपयोग विधेयकमा सुझाव पेश, वाढीपिडित समस्या स्थायी समाधान का लागि मागपत्र पेश र भुमि अधिकार सम्बन्धि विविध विषयमा ज्ञापन पत्र पेश


राष्ट्रिय भूमि अधिकार मञ्चले २०७४ भदौं ९ गते भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितलाई भूउपयोग विधेयकमा संगठनको तर्फबाट सुझाव पेशगरेको छ ।त्यस्तै भूमि अधिकारसँग सम्बन्धीत विविध विषयमा पछिल्लो परिवेशमा आधारितभई ज्ञापन पत्र बुझाईएको छ । मोही जग्गा बाँडफाँडका लागि निवेदन दिने म्यादसमाप्त भएको, जिल्लामा व्यवस्थित बसोवास समिति बनाउन ढिला भईरहेकोआदि सन्र्दभमा मञ्चले भूमिसुधार मन्त्रीलाई भेटी ज्ञापन पत्र बुझाएको छ ।भूमिसुधार तथा व्यवस्था मन्त्रीले मोही जग्गा बाँडफाँडको म्याद केही समय थपगर्ने, भूमि सम्बन्धी ऐनमा संशोधन गर्ने, प्रधानमन्त्री स्वदेश फर्केको केही दिनमाजिल्ला व्यवस्थित बसोवास समिति बनाउने र भूउपयोग ऐनलाई मन्त्रीपरिषद्मालैजाने बताउनु भयो ।त्यस्तै बाढी पिडितहरुको स्थायी समाधानको लागि जोखिम क्षेत्रमा बसोबासगरेकालाई स्थान्तरण गर्नुपर्ने लगायतको माग राखी गृहमन्त्री जनार्दन शर्मालाईमञ्चको तर्फबाट माग बुझाईएको छ।प्रस्तुत गरिएको सुझाव एवं ज्ञापन पत्र ग्यालरीमा राखिएको छ |