स्थानीय सरकारका लागि प्रस्तावित नमुना भूमि कानून


सामुदायिक आत्मनिर्भर सेवा केन्द्र तथा राष्ट्रिय भूमि अधिकार मंच नेपालले विभिन्न चरणको वैठक एवं विज्ञहरुसंगको परामर्श कार्यक्रम पश्चात स्थानिय सरकारको भूमि कानूनको नमुना मन्त्रालयमा पेश गर्नका निम्ति तयार पारेको छ | स्थानीय सरकारको कामलाई सहज एवं प्रभावकारी बनाउदै भूमिको विषयमा काम गरेको २५ वर्षको अनुभवको सदुपयोग गरि भूमिहिन एवं साना किसानलाइ उजागर गर्दै देशको समग्र समृद्धिलाई वढाउने उद्देश्यले सो दस्तावेज तयार भएको छ | नोट : उक्त दस्तावेज यस वेभसाइटको 'श्रोत' अन्तर्गत 'प्रकाशन' नामक मेनुमा गई डाउनलोड गर्न सक्नुहुन्छ