मुद्धाहरु

नेपालमा विद्यमान सामाजिक र आर्थिक शोषण, बहिष्करण र त्यसले सिर्जना गरेको गरिबीको मूल कारण भूमिबिहीनता हो । किनभने भूमि वितरण र व्यवस्थापन अन्यायपूर्ण छ । त्यसैले यसमा आमूल परिवर्तन जरुरी छ । यहि तथ्यलाई आत्मसात् गर्दै राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल सबैलाई सुरक्षित आवास र स्वयम् खेती गर्ने किसानलाई खेतीयोग्य जमिन उपलब्ध गराउने यात्रामा अविचलित हिँडिरहेको छ । यस यात्रामा मञ्चले भूमि सम्बन्धी देशभर विद्यमान समस्याहरु जस्तै: गुठी तथा विर्ता पीडित, मोही,महिला तथा साना किसान, उखडा, कमैया, हलिया, हरुवा, चरुवा, सुकुम्बासी, ऐलानी जग्गा बसोबासी र चुरेक्षेत्रका सवालहरुलाई राष्ट्रिय बहसमा ल्याउने र सरोकारवालाहरुसँग त्यसको वकालत गर्ने काम गर्दै आइरहेको छ । राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल नयाँ बन्ने संविधान मार्फत् भूमि सुधारको मुद्धा समावेश गरी भूमि सम्बन्धी सम्पूर्ण समस्याको दीगो हल गरिनुपर्ने कुरामा प्रतिबद्ध रहेको छ ।